संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले देशभरीका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुको सुधार आफनो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।गृहनगर वीरगन्जमा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री यादवले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकार मातहतमा रहेका अस्पताल र स्वासथ्य संस्थाहरुमा विद्यमान समस्याको सुधार आफनो पहिलो प्राथमिकतामा रहेको बताए । देशभरका सरकारी स्वास्थ्य संस्थामा अहिले ६३ हजार जनशक्ति आवश्यक भएपनि अहिले ३० हजारमात्र जनशक्ति उपलब्ध रहेको बताए । अझै ३३ हजार जनशक्ति अपुग रहेकाले नागरिकको उपचारमा कठिनाई भइरहेको र सरकारले सेवा दिन नसकरिहेको उनले बताए । स्वास्थ्यमन्त्री यादवले वीरगन्जको नाारायणी अस्पतालका लागि विशेष प्याकेज सरकारको आगामी नीति तथा कार्यक्रममा समावेश गराएको खुलासा गरे ।उनले आगामी नीति तथा कार्यक्रममाा नारायणी अस्पतालका लागि १ अर्ब रुपैयाँको बजेट समावेश गराएको बताए । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर शैलेश ठाकुरको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नारायणी अस्पतालका मेसु डाक्टर चित्तरन्जन साह, नेशनल मेडिलक कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक सहनबाज अन्सारी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर,वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव लगायतकोपनि उपस्थिती थियो ।