सम्पूर्ण प्रगतिशील स्वास्थ्यकर्मी एक जुट होअौ भन्ने मुल नाराका साथ शुरु भएको प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल ,महासंघ निकट विभिन्न घटक संघहरुको बीरगंजमा प्रथम मधेस प्रदेशको दुई दिने सम्मेलन बाट संजीव कुमार यादवको अध्यक्षतामा ५१ सदस्य सर्वसहमतिले अध्यक्षमा चयन गरेको छ।दुई दिन सम्म चलेको सम्मेलनले मधेस प्रदेशको उपाध्यक्ष रुपलाल साह,उपाध्यक्ष शिवनारायण मण्डल ,सचिव प्रविन गाइन,कोषाध्यक्ष लालबाबु साह,सहसचिव श्याम सुन्दर साह रहेका छन् । सोही सम्मेलनले प्रगतिशील नसिह संघ मधेस प्रदेशका संयोजक सुजित मिश्रा,प्रगतिशील जनस्वास्थ्य संघ मधेस प्रदेश संयोजक मनोहर साह,प्रगतिशील गैर जनस्वास्थ्यकर्मी संघ मधेस प्रदेशका संयोजक कुन्दन गुप्ता ,प्रगतिशील निदान संघ मधेस प्रदेशका संयोजक प्रदिप कुमार साह,प्रगतिशील सी. एम. ए. संघ मधेस प्रदेशका संयोजक जितेन्द्र महतो,प्रगतिशील आयुवेद संघ मधेस प्रदेशका संयोजक रामसेवक यादव लगायत चयन भएका छन् । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिव एवम् मधेस प्रदेशका संयोजक दिपेश कुमार मिश्राको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवम् मधेस प्रदेशका इन्चार्ज लिलामणि पोख्रेलले उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहमा नेकपा माओवादीका केन्द्रका इन्चार्ज समिति सदस्य विश्वनाथ साह, केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज अनिल श्रेष्ठ ,प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय उपाध्यक्ष सुभाष चन्द्र गुप्ता ,केन्द्रीय सदस्य एवम् पर्साका इन्चार्ज बिजय महतो,महासंघका वरिष्ठ उपाध्यक्ष नागमणि पटेल ,टेक नारायण शाक्य ,जाकिर हुसेन ,उपाध्यक्ष कानुन लाल चौधरी ,जीवन बाल्कोटी राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन केन्द्रीय उपाध्यक्ष छठु चौधरी ,नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सचिव विनोद चौधरी ,प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय सचिव संजिव यादव ,प्रगतिशील स्वास्थ्यकर्मी संगठन केन्द्रीय सचिव शत्रुधन साह लगायतको उपस्थित रहेको थियो ।