नेपाली काँग्रेसका नेता एवं पुर्वमन्त्री सुरेन्द्र चौधरीले आज एक कार्यक्रमका बिच थारु धर्मशालाको शिलान्यास गरेका छन । वीरगंज २४ रामगढवा स्थित निर्माण हुन लागको थारु धर्मशालाको पुर्वमन्त्री चौधरीले शिलान्यास गरेका हुन ।
थारु कल्याणकारी सभा पर्साले निर्माण गर्न लागेको भवन शिलान्यासलाई सम्बोधन गर्दै नेता चौधरीले थारु संस्कृति र सभ्यातालाई जर्गेना गर्न धर्मशाला कोशे ढुगाँ साविबत हुने बताए । चौधरीले वीरगंजमा थारुहरुको पनि धर्मशाला निर्माण हुनु गर्वको बिषय भएको बताए । उनले पर्साका थारुहरुमा आफनो कला संस्कृति प्रति चेतना जागेको र यो सुखद पक्ष भएको बताए । सुविधा सम्पन्न थारू धर्मशाला निर्माणको लागि चौधरीले रु १० लाखको चेक हस्तान्तरण गदै अन्य व्यक्तिहरुलाई पनि आफनो क्षमता अनुसार सहयोग गर्न अपिल गरे । थारूहरू सोझो भएका कारण आज पछाडि परेको बताउदै अब चनाखो भएर अगाडि बढने बेला आएको मन्त्री चौधरीको भनाइ थियो । शिलान्यास समारोहमा नागरिक उन्मुक्ति पार्टीका उर्मिला सिंह थारूले रु १५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको पर्सा अध्यक्ष निरन्जन चौधरीले बताए ।कार्यक्रमको अध्यक्षता थारु कल्याणकारी समिती पर्साका कार्यबाहक अध्यक्ष भागवत प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।शिलान्यास कार्यक्रममा केन्द्रिय पार्सद महेन्द्र चौधरी,नन्दकिशोर पन्जियार,नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी, जङ्ग बहादुर चौधरी,राजु प्रसाद चौधरी,अमय दास थारु,मोहन दास थारु,शेखर चौधरी,रितनारायन चौधरी,कृष्ण चौधरी,सन्जय पन्जियार,शुभनारायण चौधरी,लगायतको विशेष उपस्थित रहेको थियो ।थारू धर्मशाला निर्माणको लागि मधेस प्रदेश तथा भौतिक पुर्वधार मन्त्रालयले रु ४० लाख बजेट विनियोजन गरेको छ।शिलान्यास कार्यक्रममा पर्सा जिल्लाका थारु संघसंगठनका संस्थाहरु र थारु थारुवान भरभलाअदमीहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रममा थारु फर्मा मार्केटिङ बिरगंज अध्यक्ष चन्द्रप्रकाश चौधरी,पुर्ब योजना सदस्य रमाकान्त चौधरी,केन्द्रिय पार्सद महेन्द्र चौधरी,नन्दकिशोर पन्जियार,था.क.स.पर्सा कोषाध्यक्ष राजु चौधरी,नागरिक उन्मुक्ति पार्टीका निरन्जन चौधरी लगायतले शुभकामना तथा आ,आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण था.क.स. सचीव मनोज चौधरीले गर्नु भएको थियोे ।