पर्सा सुनचाँदी व्यवसायी संघले बिधान बिपरित कुनैपनि गतिबिधि नगरेको संघका पर्सा अध्यक्ष भुलन सर्राफले प्रष्ट पारेका छन । संघको कार्यालयमा आज संचारकर्मी संग कुरा गर्दै सर्राफले बिधान बिपरित आफुहरुले कुनै प्रकारको गतिबिधी गरेमा कानूनले कसैले पनि नछाड्ने दृढता समेत ब्यक्त गरे । आफुहरुलाई बिधानले दिएको अधिकार प्रयोग गरि एकबर्ष कार्यकाल थप्ने निर्णय हुने कुनै पनि अर्थमा गैरकानूनी नहुने समेत बताए । कानूले दिएको सबै प्रकारको अधिकारको प्रयोग गरि बिगतका दिनदेखि नै भएको अभ्यासलाई समेत गलत तरिकाले ब्याख्या गरि ब्याबसायीहरुप्रति घृणा सृजना गर्ने काम कहीँ कतैबाट भएमा यसको असर समग्र ब्याबसायमा पर्ने समेत बताए । संस्थाको सभा समहारोह तथा भेला र अन्य अधिेबेशन बिधानले निर्धारण गरेको समय सीमा भित्र हुने प्रष्ट पार्दे यसलाई कसैले पनि आफ्नो निजी स्वार्थमा प्रयोग गर्न नसक्ने समेत यसका महासचिबले बताए ।
अहिले सुन चाँदी ब्याबसाय निकै जर्जर अवस्थामा रहेको कुरा प्रष्ट्याउँदै यस्तो जटिल अवस्थामा सदस्यता नबिकरण भेला तथा अधिबेशनको संस्थागत खर्च थेग्न समेत सकस परेको बेला सबैको सल्लाहामा बिधान अनुसार काम भएको समेत बताए । उनले बिधानका् दफा ८ ले निदृष्ट गरेको ब्यास्था अनुसार नै नबिकरणको रकम लिएको समेत बताए । आफ्नो निकटहरुलाई मात्र सदस्याता दिने र नबिकरण गर्ने भन्ने चर्चामा समेत कुनै प्रकारको सत्यता नरहेको समेत संघले जनाएको छ । कसैको निजी स्वार्थ पुरा गर्न अपनाइने कुनै पनि प्रकारको हतकण्डा र षडयन्त्रमा आफ्नो संस्था नफस्ने समेत अध्यक्षले बताए ।