Birgunj News24
रक्सौलको एक  घरबाट ठुलो रकम   बरामद

भारतिय प्रहरीले रक्सौलको एक घरमा छापामारी गर्दा ६० लाख नेपाली सहित ९४ लाख रुपैया बरामद भएको छ । भारतको लोकसभाको निर्वाचनमा पैसा बाँडेर भोट किन्नका लागी रकम भण्डारण गरिएको सुचनाको आधारमा प्रहरीले उक्त घरमा छापामारी गरेको हो ।

रक्सौलका ध्रुब गुप्ता र अमरीश गुप्ताको घर र पसलमा आईतबार साँझ प्रहरीले छापामारी गरेको हो । बरामद गरिएका ९४ लाख रुपैयाँ रकम मध्ये नेपाली ६० लाख र भारतीय ३४ लाख छ । साथै रुपैयाँ गन्ने मेशिन पनि बरामद भएको भारतिय प्रहरीले जनाएको छ ।एसएसपीको कमान्डमा रक्सौल अंचलाधिकारीको संयुक्त टोलिले छापामारी गरेको हो । सानो व्यवसाय सञ्चालन गर्ने ध्रुब गुप्ता र उनका छोरा अमरीश गुप्तासँग लाखौ रकम कसरी आयो भन्नेमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

विहारमा लोकसभाको चुनाव छ, चुनावमा बाँडने रकम हुन सक्ने भारतिय प्रहरीको पनि आशंका छ । छैंठो चरणको लोकसभाको चुनाव मे २५ तारिख अर्थात जेठ १२ गते हुँदै छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update