Birgunj News24
समृद्धिका लागि वन कार्यक्रम अन्र्तगत तिनदिने तालिम शुरु, पृथ्वीलाई जोगाउन वृक्षारोपन गर्न आवश्यक – प्रमुख भट्टराई

समृद्धिका लागि वन कार्यक्रम अन्र्तगत मंगलबार देखि समुदायमा आधारित वनहरुमा  लैङ्गिक समानता वातावरणीय सुरक्षा सम्बन्धि तिन दिने तालिम शुरु भएको छ ।  तालिमलाई सम्बोधन गर्दै वीरगंज महानरगपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले रुख बिरुवा मानव संग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले हरेकलाई घरघरमा बिरुवा रोप्न आग्रह गरे । उनले बिशेषगरि सहरी क्षेत्रका सार्वजनिक जग्गाहरुमा वृक्षारोपन गर्न सके प्रदुषण नियन्त्रण गर्न सहज हुने बताए । चुरे बिनाश हुदाँ त्यसको प्रत्यक्ष असर मधेशमा परेको बताउदै अहिले देखापरेको सुखायाम र पानीको समस्या समाधानको लागि पनि वृक्षारोपन अति आवश्यक रहेको बताए । उनले पृथ्वीलाई जोगाउन वृक्षारोपन अति आवश्यक भएको बताए । 
यसैगरी वन प्राबिधिक दशरथ रौनियारले कृषि वनको माध्यमले समृद्धि ल्याउन वृक्षा रोपन आवश्यक रहेको बताए । रौनियारले बाँझो जग्गा तथा धान गहँु कम उत्पादन हुने खेतीहरुमा वृक्षारोपन सुझाव दिए । उनले त्यसता खेतहरुमा उन्नत जातका चाँडै ठुलो हुने बिरुवाहरु रोप्न  सके आर्थिक उपार्जन गरि परिवारलाई समृद्ध बनाउन सकिने जिकिर गरे । रौनियारले वनमा आधारित साना तथा मझौला उद्योग संचालन गर्न र निजी वनलाई प्रोत्साहन गर्न विश्व वैंकको सहयोगमा सरकारले अनुदान दिने गरेको जानकारी दिए । उनले १५ कठा सार्वजनिक जग्गा र २ कठा निजि जग्गामा वृक्षारोपन गर्दा  सकारले ९ प्रतिशतको व्याजमा ऋण लागानी गर्ने समेत बताए । रौनियारले वृक्षारोपनमा महिला र पुरुष दुवैको समान सहभागिता भए त्यसले दिगो फल दिने दावी गरे ।   
कार्यक्रममा साझेदारी वन व्यवस्थापन समितीका पदाधिकारी, बिद्यालयका शिक्षक,शिक्षिका, निजि वनका पदाधिकारी लगायत १६ जनाको सहभागिता थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update