Birgunj News24
सिरोहियालाई पक्राउ गरेर स्वतन्त्र प्रेसमाथि प्रहार भयो  जितेन्द्र सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले कान्तिपुर पब्लिकेशन्स ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका नाममा पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार भएको बताएका छन् ।

मधेस प्रदेश सरकार पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य समेत रहेका सोनलले अनुसन्धानका लागि जुनसुकै समयमा पनि सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि कान्तिपुर मुख्यालयमा पुगेर सिरोहियालाई पक्राउ गर्नु दुःखद् र दूर्भाग्यपूर्ण घटना भएको बताए ।

‘कान्तिपुरले सहकारीको रकम हिनामिना गरेको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाइरहेकै बेला कैलाशजीलाई पक्राउ गरी स्वतन्त्र प्रेसमाथि प्रहार गरेको छ,’ सोनलले भने, ‘लोकतन्त्र र परिवर्तनको पक्षमा लड्दै आएको कान्तिपुरलाई कमजोर गराउन राज्यले यो कदम चालेको छ । यो गैरलोकतान्त्रिक चरित्र हो ।’

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update