नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ वटा उद्योगमा निःशुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ’टीओडी’ ९टाइम अफ डे० मिटर प्रतिस्थापन गरी ’स्मार्ट मिटर’ जडान गरेको हो ।
केन्द्रले ११ किलोभोल्ट वा योभन्दा बढी भोल्टेज ’सप्लाई’ लिएका ’एचटी मिटरिङ युनिट’ जडित ९ट्रान्सफर्मर० भएको दुई सय केभीदेखि २५ हजार किलोभोल्ट एम्पेर क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरेको हो । केन्द्रकाअनुसार उद्योगका ग्राहकको टीओडी मिटरलाई ‘शून्य दशमलव दुई एस एकुरेसी क्लास’ को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर जडान गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका दुई सय १२ वटा उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताउनुभयो । प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रुपैयाँ पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ ।