जिल्ला प्रहरी कार्यालय पर्साल आज बिल बिजक भन्दा बढि समान लोड गरेका ट्रक नियन्त्रणमा लिएको छ । आज दिउँसो चेकजाँचको क्रममा बिल विजक भन्दा बढी हार्डवेयर तथा औषधीहरू बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको हो । ट्रक वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.०८ भारतिय दुतावास स्थित सडकखण्ड नजिकबाट ना.६ ख २९०६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
ा विल विजक भन्दा बढी हार्डवेयर तथा औषधी सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी रु.५१,लाख ८४ हजार दुई सय बाउन्न) बराबरको हार्डवेयर तथा औषधी सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।