Birgunj News24
सर्लाही प्रहरीले भन्सारमा बुझायो साढे २१ लाखको अवैध सामान

सर्लाही जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको लाखौँ मूल्यका अवैध सामान प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। 

विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका विभिन्न प्रहरी इकाइँले बरामद गरेका २१ लाख ४६ हजार २९५ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान प्रहरीले बिहीबार जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाएको हो। 

लता कपडा, किराना तथा कस्मेटिक लगायतका समानसहित मोटरसाइकल, जिप र कारसमेत भन्सार कार्यालयमा बुझाइएको सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

सामान बरामद गर्ने क्रममा प्रहरीले एकजना मानिसलाई पनि नियन्त्रण लिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update