Birgunj News24
जलेर घाइते भएका राजन महतोलाई साउथजोन बिधालयको तर्फबाट नगद १२ हजार आर्थिक सहयोग  

बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथजोन माविमा अध्यापन गरिरहेका  विद्यार्थीहरु र बिधालय को तर्फबाट  आर्थिक संकलन  संकलन गरि रु १२ हजार उपचार खर्च  सहयोग गरेको प्रिन्सिपल सरोज प्रसाद चौधरीले बताएका छन् । बीरगंज महानगरपालिका वडा नम्बर १२ घर भएका वर्ष २२ का राजन महतो घर देखि बाइपास जाने क्रममा माघ २२ गते  मोटरसाइकलमा अचानक आगो लागि घाइते भएको थियोे ।  घाइतेका  बुवा जोखन महतोका अनुसार एक्कासि गुडिरहेको  मोटरसाइकलमा आगोमा ,परि छोरा जलेर घाइते भए पछि बीरगंजमा उपचार हुन नसकेपछि अहिले काठमाडौंको सुषमा कोइराला मेमोरियल अस्पताल साखुमा उपचार भइरहेको बताए ।घरको आर्थिक अवस्था कमजोर भएकोले टोल छिमेकी बाट रु ३ लाख आर्थिक संकलन गरि अस्पताललाई बुझाएको बताए ।उपचार खर्च ८ लाख लाग्ने भएकोले अहिले निजी बिधालयहरुमा गई आर्थिक सहयोग संकलन गर्ने क्रममा साउथजोन माविका विद्यार्थीहरु र बिधालयको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको साउथजोन माविका सहायक प्रिन्सिपल अशोक संग्रोलाले जानकारी दिनुभएको छ। घाइतेको उपचारमा अहिलेसम्म ९० ५ प्रतिशत सुधार भइरहेको र आफैं खाना खाने अवस्थामा सुधार भइरहेको बुवा जोखन महतोले बताएका छन् ।शुरुआत चरणमा उनलाई पाइप मार्फत खान खुवाउने काम भएकोमा अहिले आर्फै खाने हिडडुल गर्न सक्ने अवस्थामा पुगेको बताए ।  उनले भने यदि कसैले आर्थिक सहयोग गर्न चाहाने ब्यक्ति वा संघसंस्थाले ९८२१२२२४८६ सम्पर्क गरि सहयोग प्रदान गर्न अपिल गरेका छन् । आफ्नो अवस्था धेरै नाजुक भएकोले साथीहरू टोल छिमेकी ,तथा बिधालयहरुबाट आर्थिक सहयोग संकलन गर्ने काम भइरहेको बताए। उनले भने छोराको पुरा शरिरिर जलेर नष्ट भएकोमा भगवान्को कृयाले र डाक्टरको राम्रो उपचारका कारण आज छोराको उपचार धेरै सुधार भएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update