जिल्ला प्रशासन कार्यालय पर्साले हातहतियार राख्नलाई प्राप्त गरेका ईजाजतपत्र नविकरण गर्ने सूचना जारी गरेको छ ।
ईजाजत प्राप्त व्यक्ति वा संस्थाहरुले धेरै समय देखि नविकरण नगराएको अभिलेखमा भेटिएको हुँदा कार्यालयमा स्वयम उपस्थित भई नविकरण गराउन जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेको हो ।
ईजाजत पत्र नविकरण गर्न आउँदा साथमा हातहतियार लिएर आउन अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यसैगरी ५ वर्षभन्दा बढी समय देखि नविकरण नभएका सबै हातहतियार, खरखजाना, इजाजतपत्र जिल्ला प्रहरी कार्यालय वा नजिकका ईलाका प्रहरी कार्यालयमा अनिवार्य बुझाउन सूचनामा भनिएको छ ।
हतियार राख्ने लाईसेन्स ९ईजाजतपत्र० को नविकरण समयमा नगराए वा बुभाउनुपर्ने हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।