Birgunj News24
व्यवस्था परिर्वतन भयो अवस्था परिर्वतन भएन :- महतो 

अखिलेश प्र. साह
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले देशमा गणतन्त्र आएपनि जनताले त्यसको अनुभुति गर्न नपाएको दावी गरेका छन । वीरगंजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतोले सो दावी गरेका हुन । उनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिर्वतन नभएको जिकिर गरे । उनले नेपाल सवै नेपालीको लागि बन्नै नसकेकोमा चिन्ता समेत व्यक्त गरे । नेता महतोले नेपालको शासन नश्लिय चिन्तन सोचबाट चलेको आरोप लगाउदै रक्षकनै  भक्षक हुदा देशमा समस्या भएको आरोप लगाए ।
महतोले उत्पीडनमा परेका सबै समुदायको हितको लागि देशमा क्रान्तिको आवश्यकता रहेको बताउदै छिटै देशभरिनै परिर्वतन र मुक्तिको निम्ति आन्दोलन गर्ने बताए ।  फागुन १६ गतेबाट भद्रकालिबाट शुरु पहिलो चरणको राष्ट्रिय मुक्ति क्रान्ति चैत्र २४ गते सम्पन्न भएको र पुनः  जेठ ७ गतेबाट दोस्रो चरणको अभियान शुरु गरिएको महतोले बताए । उनले दोस्रो चरण अन्र्तगत एक महिनामा हिमाल ,पहाड र तराईमा बिभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको जानकारी दिए ।  महतोले  जेठ २१ ग्ते दाङ्गको घोराहीमा आम सभा गर्ने, २६ गते कोशी नामको खोरेजी र प्रदेशको पुनः सरचनाको माँग गर्दै बिराटनगरमा बिरोध सभा गर्ने,त्यसतै जेठ २९ बागलुगको बुर्तिवांगमा सभा गर्ने, असार १ गते मधेशी पहाडीको एकता सभा लालबन्दीमा गर्ने र अभियानको अन्तिम दिन  असार ४ काठमाडौंको माईतीघर मण्डेलामा सभा गर्ने निर्णय गरिएको नेता महतोले जानकारी दिए ।  पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धिछिरिङ्ग ,कमला गुरुङ्ग,नेजामुदिन समानी,राजिव झा,राजेश साह लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update