Birgunj News24
सहकारी संस्थाका संचालकहरुलाई  २ दिने क्षमता अभिवृद्धि तालिम शुरु ,तालिमले धेरै उपलब्धि हुने प्रमुख अतिथि गुप्ताको भनाइ  

उत्कृष्ट बितिय सेवा सहितको सहकारी बैंक भन्ने मुल नाराका साथ आज देखि स्थानीय होटल भिस्वामा दुई दिने सहकारी संस्थाका संचालकहरुलाई क्षमता अभिवृद्धि तालिम शुरु भएको छ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड बीरगंज शाखाको आयोजनामा शुरु भएको सो तालिमको उदघाटन राष्ट्रिय सहकारी महासंघका संचालक शम्भु गुप्ताले गर्नु भएको थियो ।तालिमको उदघाटन समारोहमा गुप्ताले  अहिलेको परिस्थितिमा सहकारी संस्थाका संचालकहरुलाई यस तालिमले धेरै उपलब्धि हुने बताएका छन् । सहकारी संस्थामा देखिएको समस्या कसरी समाधान गर्ने हो भन्ने बारेमा थप टेवा पुराउन मद्दत गर्ने गुप्ताको भनाइ रहेको छ।
त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिव जिष्णु बरालले बेला बखतमा सहकारी संस्थाका संचालक वा अध्यक्षहरुलाई यस्ता अभिमुखिकरण तथा क्षमता अभिवृद्धि तालिमप्राप्त गरे पछि संस्थामा धेरै उपलब्धि हुने र संस्थालाई अगाडि बढाउन धेरै मद्दत पुग्ने धारणा राख्नु भएको थियो । उनले भने अहिले सहकारीहरुलाई कसरी मजबुत बनाउने र दिगोपन दिने भन्ने बारेमा हामीले सहकारीकर्मीहरु सहकार्य र समन्वय हुन अति आवश्यकता रहेको महासचिव बरालले बताए । कुनै पनि संस्था धारासहि हुन लागेको छ भने त्यसलाई जोगाउने काम पनि हाम्रो नै दात्यव हुने भएकोले सबै सहकारी संस्थाहरुले संघ संस्थामा आवद्ध हुन अति आवश्यकता रहेको बताएका छन् ।तालिमको उदघाटन समारोहमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका निवर्तमान संचालक हरेराम पटेल ,को– अपरेटिभ म्याजेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तव,बीरगंज महानगरपालिकाका सहकारी तथा रोजगार  प्रवर्द्धन  शाखाका प्रमुख सुनिलकुमार कर्ण लगायतले सहकारी संस्थाका संचालकहरुको काम कर्तव्य तथा अधिकार र संचालकहरुको संस्थामा आफ्नो भुमिका केहो भन्ने बारेमा जान्न अति जरुरी रहेको वक्ताहरुले बताएका छन् । 
तालिममा बीरगंज महानगरपालिका भित्र रहेको ४० वटा सहकारी संस्थाका संचालकहरु तथा अध्यक्षहरुको सहभागीता  रहेको छ। तालिम अवधिभर कुमार खत्रीले प्रशिक्षण दिइरहनु भएको छ।राष्ट्रिय सहकारी बैंक लिमिटेड मधेस प्रदेशका संचालक तथा संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको हो ।कार्यक्रमको स्वागत मनतब्य राष्ट्रिय सहकारी बैंकका कर्मचारी आकाश कुमार सरार्फले गरेका थिए भने सहजिकरण राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखाका प्रमुख संजय कुमार महतोले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update