पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीमा निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । पर्सा ख्रिष्टियन समाजको आयोजनामा दाँत चेकजाँच शिविर सम्पन्न भएको हो । समाजका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न शिविरमा २५० जनाले दाँच चेकजाँच गराएका थिए ।
शिविरमा दाँत सम्बन्धी निःशूल्क परामर्श, दाँत निकाल्ने, सफा गर्ने तथा अन्य सेवाहरु प्रदान गरिएको थियो । शिविरमा बोलिभिएन डाक्टर मेलिना, डाक्टर मुकेश यादव, रश्मि सिंह, प्रिती ंिह, असिस्टेन्ट डिएगो लगायतले चेकजाँच गरेका थिए ।
शिविरको उद्घाटन बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गरेका थिए । शिविरबाट ग्रामिण क्षेत्रका जनता लाभान्वित भएको अध्यक्ष तिवारीले बताए । आगामी दिनमा पालिकाले पनि निःशूल्क स्वास्थ्य शिविर आयोजना गर्ने उनको योजना छ ।
अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहमदीया संघ पर्सा र बाराका इन्चार्ज हासिम अहमद, वीरगञ्ज ख्रिष्टियन युवा समाजका निरज आचार्य, आनन्द घिमिरे लगायतको उपस्थिती रहेको ख्रिष्टियन समाज पर्साका महासचिव राजकुमार गजमेरले जानकारी दिए ।