Birgunj News24
वीरगंजका सुन पसलमा नापतौलको अनुगमन, सटर बन्द गरेर व्यवसायि भागे 

वीरगंजका सुन पसलहरुमाबजार अनुगमन टोलीलले आज अनुगमन गरेको छ ।गुणस्तर तथा नापतौल कार्यालय ,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंज ,जिल्ला प्रशासन कार्यालय पर्सा,जिल्ला प्रहरी कार्यालय पर्सा र उपभोक्ता हित संरक्षण मंच नेपाल  लगायतको संयुक्त बजार अनुगमन गरिएको हो । बीरगंजको माइस्थान गल्तीहरुमा जथाभावी सुनचाँदी विक्रि वितरण भइरहेको उजुरी परेपछि अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सुचना अधिकारी दिलिप खंङ खत्वेले बताएका छन् ।

अहिले सुनको मुल्य रु १ लाख ४१ हजार भन्दा पनि धेरै मुल्यमा सुन विक्रि वितरण भइरहेको छ। अनुगमन टोलीले सुन ब्यवसायीहरुले कहाँबाट खरिद गरेका हुन र वास्तविक खरिद मुल्य कागजातहरु देखाउनुपर्ने भएकोले अधिकाश चोरीपैठारी गरेर सुन बेचविखन हुने गरेको सुचना प्राप्त भएकोले उक्त ठाउँहरुमा अनुगमन गरिएको हो । सुनचाँदी ब्यवसायीहरुले आफ्नो सटर बन्द गरेर कुलेआम ठोकेर भागेका थिए।

बीरगंजमा अधिकास सुनचाँदी तस्करी मार्फत ल्याउने  र लाखौं मुनाफा कमाउने गरेको बुझिएको छ।  चोरीपैठारी गरिएको हुनाले अनुगमन टोलीको आँखामा छारो हालेर सबै पसलहरु बन्द गरिएको थियो । यसबाट स्पष्ट थाहा हुन्छ बीरगंजमा सुनचाँदी चोरीपैठारी बाट ल्याउने र लाखौं आम्दानी गर्ने आफुहरु संग कागजातहरु समेत नहुने  आशंका उब्जिएको छ।

बजार अनुगमन टोलीले अनुगमन गर्न थालेपछि सुनचाँदी व्यावसायीहरु पसल सटर बन्द गरेर भागाभाग भएका थिए ।गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जको नेतृत्वमा गएको अनुगमन टोलीले मीना बजार स्थित न्यु रिया ज्वेलर्स, जयमाँ ज्वेलर्स, रुप अलंकार ज्वेलर्स कला केन्द्र, शंकर सा विकास कुमार सर्राफ माईस्थानको पिके कला केन्द्र, माँ दुर्गा ज्वेलर्समा अनुगमन गरेका हुन् ।

बजार अनुगमन गरिएका ६ वटा सुनचाँदी पसलहरुले समयमा नाप तौल उपकरणको नविकरण नगरेको पाईएको गुणस्तर तथा नाप तौल कार्यालय वीरगञ्जका अनुगमन निरीक्षक रामप्रसाद लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update