Birgunj News24
श्रीपुरको एक गोदामबाट करीव दूई लाख बराबरको मोटर्स पार्टस प्रहरी द्धारा बारामद

वीरगञ्ज, जेष्ठ २२ 
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ ओम आश्रम स्थित रहेको एक गोदामबाट प्रहरीले करीव दुई लाख बराबरको मोटर्स पार्टस बरामद गरेको छ । 
मंगलवार राती बिषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका बरिष्ठ सई सुनील थापाको कमाण्डमा खटिएको टोलीले बिलविजक नभेटिए पछि गोदाममा छामा मारी गरी सो समान बरामद गरेको हो । 
भन्सार छल्ली गरी लुकाईछिपाई ल्याईएको असांका रहेको भन्दैं बिषेश सुचनाको अधारमा सो गोदाममा छापामारी गरिएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार गोदामबाट बरामद गरिएको सामान कसको हो भन्ने पता लगाउन सकिएको छैन्न, र सो समान थप अनुसन्धानको लागी वडा प्रहरी कार्यालय श्रीपुरमा लगिएको हो ।
नेशनल ट्रेडिंग स्थित सुरेश आयल निगमको सामुने अनमोल मोटर्स पार्टसको नामले संचालनमा राखेको एक भारतीय कारोवारीको सो गोदाम रहेको स्रोतको दावी छ । स्रोतका अनुसार सो कारोवारी बिगतको लामो समय देखी भन्सार छल्ली गरी यतीकै आफ्नो कारोवार गर्दै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update