बुधबार मध्य राती आएको आँधीले पर्सामा व्यापक क्षति पुगेको छ । आँधीले गर्दा सयौं घरमा क्षति पुगेको छ भने रातीदेखि नै बिद्युत आपुर्ति बन्द छ ।
बुधबारराति) देखि अवरुद्ध विद्युतको आपुर्ति सुचारु हुने समय लाग्ने नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ ।
साढे १२ बजेतिर वर्षासहित आएको आँधीहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केहि ठाँउको ट्रान्फर्मरपनि खसेपछि वीरगन्ज महानगर क्षेत्रमा विद्युत आपुर्ति सेवा अवरुद्ध छ ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ । वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए । यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिए ।
जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो । ठाँउ ठाँउमा ढलेका पोल , तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि सुरु गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए ।
आँधीका कारण रुख र फुसको घर र जस्ताको छानो उडाएको स्थानियले बताएका छन ।
मध्यरातिको आन्धीका कारण पर्सा जिल्लाका बिभिन्न ठाँउ गरेर दुई जना मानिस घाईते भएको र करिव ५० वटा घरमा छति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जर्नाको छ ।
यता आन्धीको कारण पर्सा जिल्ल्लाको बिभिन्न ठाँउमा बिधुतीय पोलहरुमा छति पुगेको र बिस्तृत तथ्यांक लिने काम भईरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सुचना अधिकृत शिव प्रसाद लामसालले जानकारी दिए ।
’