बारा । नेपाल रिटर्नी एशोसिएशन ९समाजवादी० बाराले खानेपालीको सहज व्यवस्थापनको माँग गर्दै परवानीपुर गाँउपालिकालाई ज्ञापन पत्र बुझाएको छ । परवानीपुर गाउँपालिकामा विगत एक महिना देखि खानेपानिको अभवाले जनजिवन कस्टकर बन्दै गएको कारण नेपाल रिटर्नी एशोसिएशन९समाजवादी० बाराका जिल्ला सदस्य सुरेन्द्र प्रसाद कुर्मीको नेतृत्वमा विहीबार गाउपालिका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतालाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा वडा मा रहेको डिप बोरीङ्ग उचित व्यवस्थापन सहित ५ दिन भित्र संचालनमा ल्याउन माग सहित ज्ञापन बुझाएको जिल्ला सदस्य कुर्मीले बताए ।
गत बैशाख जेठमा भएको गर्मी कारण पालिकाबाट परवानीपुर गा।पा को ५ वटै वडा भरी डिप बोरीङ्ग गरीएको थियो । तर डिप बोरीङ्ग गरीए पनी उच्चीत व्यवस्थापन नभएको अवस्था कारणहाल बन्द रहेको गा।पा वडा ५ बहुअरी टोलमा रहेका बोरीङ्ग जिर्ण बन्दै गएको छ ।
बन्द डिप बोरीङ्गलाई संचालनमा ल्याउन वा उचीत व्यवस्थापन गर्न ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत मेहतालाई बुझाएको नेपाल रिटर्नी एशोसिएशन९समाजवादी०बाराका अध्यक्ष अनिल कुमार साहले बताए । नेपाल सरकारद्वारा तोकिएको ऐन कानु अनुसार भएपनि स्थानीय बासीलाई खनेपनि सहज तरिकाले पुगोस भने उदेश्यले अगाडि बढ्नु परेको अध्यक्ष साहले बताए ।
नेपाल एकिकृत समाजवादी परवानीपुर गा।पा अध्यक्ष रामेश्वर प्रसाद पटेल, नेपाल एकिकृत समाजवादी परवानीपुर गा।पा युवा संघ का अध्यक्ष सागर पटेल,मनोज पटेल,जटाशंकर पटेल,सनी साह,भरोस पटेल, लगायतको उपस्थि रहेको थियो । परवानीपुर गा।पा वडा नम्बर ५ मा डिप बोरीङ्ग बन्द भएको संचालनमा लयाउन ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाएको प्रमुख प्रशासकीय मेहताले बताए ।