एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ
२७ जेठ, काठमाडौं । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कलंकीस्थित ह्वाइट ¥याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१ १८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय