वीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर स्थित बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सरिशवा दिनको किनारमा सो शव फेला परेको हो ।
सोमवार दिउँसो मन्दिरमा बसिरहेका स्थानियहरुले अचानक शव हेरेर नजिकको रानिघाट प्रहरी चौकीलाई खबर गरेका थिए ।
शव फेला परेका ब्यक्ति राम जान्की मन्दिरको छेउमा घर रहेको र उनका नाम ध्रुप तामाङ्ग रहेको मन्दिरका पुजारी पकौडि दासले पहिचान गरि पुष्टि गरेका थिए। उनले तामाङ्ग आफ्नो परिवारको एकलै सदस्य रहेको र ६० बर्ष उमेर रहेका उनि लामो समय देखि यहि मन्दिरमा बासोबास गरि जिवन चलाईरहेको जानकारी दिए। उनका अनुसार दासको मानसिक अवस्था बिग्रेको र उनि करिब ४÷५ दिन देखि लापत्ता भएका थिए ।
प्रहरीले सोहि वडाका जनप्रतिनिधिहरुको रोहबरमा मुचुल्का उठाएर शवलाई थप अनुसंधानको लागि नरायणी उपक्षेत्रीय अस्पताल पुर्याएको हो ।
प्रहरीका अनुसार अनुसंधान भएपछि जनप्रतिनिधिको रोहबरमा शवको दाहसंस्कार गरिने बताएका छन् ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्द, वडा प्रहरी कार्यालय श्रिपुरका नयाव प्रहरी निरिक्षक डमन चन्द, रानिघाट प्रहरी चौकीका ईन्चार्ज राम राज कुशवाहा, जनप्रतिनिधि वडा सदस्य सलमा खातुन, संचारकर्मी, लगायत स्थानिय बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।