वीरगंजका ५ बिद्यालयमा महानगरको शिल वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा आज शिलबन्दी गरेको छ
वीरगञ्ज महानगरपालिका वडा नं। १२ मुर्ली बगैचामा अनुमति बिना अवैध रुपमा संचालनमा रहेको सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह ९मन्टेश्वरी० कक्षा निनोस वीरगंजमा सिलबन्दी गरिएको छ । त्यस्तै वीरगंज महानगरपालिका वडा नं। २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल, २०७५ देखि संचालित ए।एस। नलेज एकेडेमीमा पनि अनुगमन टोलीले सिलबन्दी गरेको छ ।वडा नं। १८ भवानिपुरमा अनुमति विना नै संचालनमा रहेको संचालित सुरज एकेडेमी र अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं। १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहाकार नवराज फुयाँलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१ १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय