नेपाली बजारमा सुनको मुल्य फेरी बढयो नेपाली बजारमा आज ९ बुधबार सुन–चाँदीको मूल्य बढेको छ।
सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ १९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय