Birgunj News24
नरायणी अस्पतालको मेट्रोन साहको मनोमानी,  सरुवाको हप्तौं बितिसक्दा पनि रवाना लिएनन 

वीरगञ्जको नारायणी अस्पतालकी बरिष्ठ नर्सिङ्ग प्रशासक प्रमुख (मेट्रोन) श्रुति साहले आफु मनोमानी गरेर रवाना नबुझेर अन्यत्र सरुवा भएको ठाउँमा जानको लागि आनाकानी गरिरहेको समाचार प्राप्त भएको छ । स्वास्थ्य मन्त्रालयले निकालेको सरुवाको सुचना अनुसार आज एक हप्ता बितिसक्दा पनि ऐन कानून बिपरित तरिकाले साह यहि बसिरहेको समाचार प्राप्त भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २३ गते प्रकाशित गरेको सुचना अनुसार साहको वीरगञ्जको नरायणी अस्पतालबाट कोशी अस्पताल बिराटनगरमा सरुवा भएको हो । तर साहले बर्तमान मेडिकल सुपरिटेन्डन्टलाई समेत प्रभावमा पारेर नियम विपरित रवाना नबुझेकी नाम नबताउने शर्तमा अस्पताल कै एक जना प्रशासनका कर्मीचारीले जानकारी दिए । 
           आर्थिक चलखेलमा स्वास्थ्य मन्त्रालयबाट सरुवा रोक्न साहले सम्बद्ध सबै शक्तिको प्रयोग गरि  काठमाडौं सम्म पुगेको स्रोतको दावी छ । उता अस्पतालमा अहिले सरुवा काण्डले निकै चर्चा पाएको छ भने स्वास्थ्य कर्मचारीको अभावको कारण दैनिक कामकारवाहीमा समेत प्रतिकूलता थपिएको छ । एक पक्षले हालका मेसुलाई असहयोग गरिरहेको समाचार प्राप्त हुन आएको छ भने एक पक्षले तत्कालिन मेसु डाक्टर चित्तरञ्जन साह र बर्तमान मेसुको बीचमा काल्पनिक झगडाको बिउ रोपेर अस्पतालको दैनिक कामकारवाहीमा समेत प्रतिकूलता थपिरहेको समाचार प्राप्त  हुन आएको छ । बर्तमान मेसुका बारेमा बिगतका दिनमा उनी आफैं मेसु रहँदा भएगरेको कमी कमजोरिको कुरा उछालेर अश्थिरता सृजनामा समेत एक पक्ष लागेको समाचार प्राप्त हुन आएको छ ।   
                 यता बर्तमान स्वास्थ्य मन्त्री प्रदिप यादवले सरुवा भएकालाई रवाना बुझेर आफ्नो सरुवा भएको ठाँउमा पुग्न निर्देशन दिएका छन । यतिमात्र होईन मन्त्री यादवले रवाना नबुझेर नियम विपरित बसिरहेकाहरुलाई कारवाही समेत गर्ने बताएका छन तर अहिले उनकै क्षेत्रमा कानुन मिचेर यस्ता गतिबिधी भईरहेको हुँदा मन्त्री यादवको भनाइ र गराइको बारेमा निकै प्रतिक्षापूर्ण रुपमा हेर्न थालिएको छ । सुधारको बिभिन्न योजना र कमी कमजोरीको अध्ययन गरि गुणस्तरिय सेवा प्रदानको लागि भए गरेका प्रयासमा यस्ता झिना मसिना बिवादले समेत समस्या सृजना गर्ने भएकोले सतर्कता अपनाउन समेत आवश्यक रहेको कुरा अस्पतालप्रति जिम्मेवार पक्षधरले बताउन थालेका छन ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update