मनसुन भित्रिए पनि तराई मधेशमा पानी न पर्दा किसानहरु मर्कामा परेका छन । किसानले रोपेको धानको विउ सुक्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । पानी नपर्दा किसानले रोपेको तरकारी,मकै खेतीमा समेत क्षति पुग्न थालेको छ । बारा पर्सा लगायत मधेश प्रदेशमा समयमै पानी नपर्दा चैते धानबाली लगाएका किसानहरु पनि मर्कामा परेका छन । पानी नपर्दा किसानहरु अहिले बिउ जोगाउन दमकलको प्रयोग गरि धानको बिउमा पानी हालिरहेको वीरगंज २३ प्रसौनि बिर्ताका स्थानिय किसान रामपुकार महतोले बताए । महतोले एक हप्ताभित्र पानी परेन भने धानको बिउ सुकेर जाने बताए । उनले बिउ जोगाउन दमकलले पानी हाले पनि त्यो त्यति प्रभावकारी नहुने बताए । धानको बिउको लागि पर्याप्त पानी चाहिने र त्यसका लागि बर्षा हुनु जरुरी रहेको बताए । पानी नपर्दा गर्मीका कारण जनजिवन समेत कष्टकर बनेको छ ।