ठोरीको आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामग्री सहयोग
वीरगन्ज,३२जेष्ठःपर्साको ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकार सेवा नेपालले खाद्यान्न सहयोग गरेको छ ।
उक्त बृद्धा आश्रममा अपाङ्ग ,सुस्त मनस्थिती, बृद्धबृद्धा गरी २३ जना आश्रीत छन् । उनिहरुका लागि उपकार सेवा नेपालले दाल,चामल ,नून ,तेल ,चिउरा,सर्फ साबुन,डाईपर,सेनेटरी प्याड,जीरा, धनिया ,खुर्सानी, बेसार,मसाला चाउचाउ बिस्कुट लगायतका सामग्री सहयोग गरेको हो ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रममै पुगेर आश्रमका राम बहादुर थिङ्गलाई ती सामग्रीहरु प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय