Birgunj News24
विश्वकपमा नेपाल १ रनले पराजित

आईसीसी टी- २० विश्वकप क्रिकेटमा टेष्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई १ रनले हराएको छ।

समुह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासंग १ रनले हारेको हो ।वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य नेपालले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक रन बनाए।यस्तै अनिल साहले २४ बलमा २७ रन र कुशल भुर्तेलले २१ बलमा १३ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११५ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ४३ रन बनाए भने डेभिड मिलरले ७ रन बनाए।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिए ।

हारसंगै नेपाल विश्वकपको समुह चरणबाटै बाहिरिएको छ।अब १७ जुनमा हुने बंगलादेशसंगको खेलमा जित हासिल गरेपनि नेपाल सुपर(८ मा पुग्ने छैन ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update