वीरगंजमा सङ्घीय शासन प्रणाली सबलीकरणबारे अन्तक्रिया
मधेस विश्वविद्यालय वीरगञ्जको आयोजनामा वीरगञ्जमा सङ्घीय शासन प्रणाली सबलीकरण छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यको अध्यक्षतामा भएको अन्तक्रियामा पूर्वसांसद केएल देवकोटा, वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, जगदीशप्रसाद शर्मा, विनोद गुप्ता, इन्दुशेखर मिश्र, डा नन्दन यादव, शम्भु मित्र, पोखरिया नगरपालिकाका पूर्व उपप्रमुख सलमा खातुन, नेता निजामुद्दीन समानी, नेकपा एसका नागेन्द्र चौधरी, रम्भा मिश्र, राम सर्राफ, बलराम श्रेष्ठ, ओमप्रकाश सर्राफ, डा दीपेन्द्र चौधरी, डा रामजी रामलगायत छलफलमा सहभागी भएका थिए।
कार्यक्रमको सहजीकरण मधेस विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले गरेका थिए।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय