प्याब्सन इन्टर स्कुल ब्याटमिन्टन प्रतियोगिता २०८१ आज शनिबार सम्पन्न भएको छ।निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल ९ प्याब्सन० पर्साले आयोजना गरेको उक्त प्रतियोगिताको समापन समारोहमा सिमा सुरक्षा बल सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले खेल आफ्नो स्वास्थ्य र राष्ट्रका लागि महत्त्वपूर्ण भएको बताएका छन् । विद्यार्थी जीवन देखि खेल प्रति रुचि राख्नु धेरै राम्रो र पढ्ने बिषय जस्तै यो पनि महत्त्वपूर्ण रहेको बताए ।एसपी धिमालले खेल भनेको हारजित भइरहने भएकोले यो त्यो भनेर कहिले नहुने बताए । प्रतियोगितामा डबल छात्रा तर्फ प्रथम गौतम मावि दोस्रो कन्चनजंङ्ग मावि तेस्रो न्युवेभ मावि चौथो ज्ञान ज्योति मावि भएको थियो भने सिङ्गल छात्रतर्फ प्रथम गौतम मावि दोस्रो न्युवेभ मावि चौथो मुनलाइट मावि भएको कार्यक्रम संयोजक सुभाष प्रधानले जानकारी दिनुभएको छ। बिजेता उपविजेताहरुलाई प्रमुख अतिथि अतिथिहरुले प्रमाणपत्र तथा शिल्ड प्रदान गरेको थियो ।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल ९ प्याब्सन ० जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता ,कोषाध्यक्ष रामकिशोर यादव ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,फोनिज मधेस प्रदेशका इन्चार्ज निरज पिठाकोटेमगर,प्रेस सेन्टर मधेस प्रदेशका सचिव मुनेशलायोमगर,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाइ ,कार्यक्रम संयोजक सुभाष प्रधान ,माट्रिन मोक्तान ,बीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।न्युवेभ मावि ,मनोकामना मावि ,साउथजोन मावि लगायतलाई बेस्ट उइनर भएकोमा सम्मानित गरिएको थियो । प्रतियोगितामा करिब ४० वटा बिधालयका विद्यार्थीहरुले भाग लिएका थिए। कार्यक्रमको सहजिकरण प्याब्सन सचिव राहुल श्रीवास्तवले गर्नुभएको थियो ।