बक्र ईदको अवसरमा भोली सावर्जनिक बिदा
सरकारले भोलि ‘सोमबार’ देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालय शुक्रबार एक विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद ‘उल–अजहा’को अवसर पारेर भोलि ‘सोमबार’ बिदा दिएको हो।
‘मिति २०८०र१०र२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद ‘उल–अजहा’ का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,ֹ’ जारी विज्ञप्तीमा भनिएको छ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय