समाजवादी प्रेस संगठन र नेपाल प्रेस युनियन पर्साले पत्रकार छठु साह माथि हातपात गर्ने प्रहरीलाई कारवाहीको माँग गरेका छन । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दोषी प्रहरी उपर कारवाहीको माग गरेका हुन् ।
दुबै संगठनले कालिकामाई गाउँपालिका वडा नं. २ गदियानी स्थित कालिकामाई गाउँपालिकाको कृषि तथा पशु उपशाखा संचालनमा रहेको भवन भत्काउने क्रममा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा पत्रकार साहमाथि भएको दुर्व्यवहारको घटनाको घोर भत्र्सना गरेका छन् ।
वीरगंजवाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र कालिकाटाईम्स अनलाइनका प्रवन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष समेत रहेका पत्रकार साहमाथि प्रहरीले महिलामाथि गरेको ज्यादतीको भिडियो बनाउने क्रममा पत्रकार साहमाथि गाउँमा दुर्व्यवहार गर्नुको साथै अमानवीय तरिकाले लछारपछार गर्दै पक्राउ गरि दिन भरी नियन्त्रणमा लिएर छाड्ने घटना प्रति दुबै संगठनले आपत्ति समेत जनाएका छन् ।
।