ट्यांकर चालक र सरकारबीच सहमति १५ दिनभित्र संघको माग पूरा गर्ने
नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।सोमबार सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो ।चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।ढुवानी रोक्दा काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्पमा इन्धनको अभाव भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय