Birgunj News24
जापानी बैंक ‘रेसुनाले’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयार

बाराको निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जापानी बैंक रेसुनाले प्रस्ताव पेस गरेको छ । १५ र १६ वैशाखमा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा चासो देखाएको रेसुनाले निजगढ बनाउन लगानी बोर्डमा प्रस्ताव नै पेस गरेको हो ।

रेसुना बैंकको सो प्रस्ताव लगानी बोर्डको आगामी बैठकमा पेस गरिने बोर्डका प्रवक्ता पद्युम्न उपाध्यायले बताए । ‘यदि नेपाल सरकारले सकारात्मक रेस्पोन्स गरेमा हामी निजगढ विमानस्थल निर्माण तथा सञ्चालनका लागि तयार छौँ,’रेसुनाको प्रस्ताव उल्लेख छ । जापानको रेसुना बैंकले दोहो¥याएर निजगढमा लगानी प्रस्ताव गर्नुलाई सकारात्मक रूपमा लिइएको छ । ‘तर, कुनै पनि लगानीकर्ताको आशय आउँदैमा लगानी गर्न पाइहाल्छ भन्ने हुँदैन, लगानीसम्बन्धी कानुनले आशयपत्रलाई चिन्दैन,’ बोर्डका प्रवक्ता उपाध्यायले भने, ‘यदि सरकारले निर्माण तथा सञ्चालन गर्न दिन चाहेमा सार्वजनिक रूपमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर छनोट गर्नुपर्ने हुन्छ ।’ 

निजगढ बनाउन विदेशी लगानीकर्ताले चासो देखाइरहँदा सरकारको तयारी भने अत्यन्तै फितलो देखिएको छ । ०५४ सालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइएको निजगढलाई ०८१ सालसम्म पनि सरकारले लगानी, निर्माण र सञ्चालनको मोडालिटी बनाउन सकेको छैन ।  

सरकारले विमानस्थलको चार किल्लासमेत घोषणा गर्न सकेको छैन । जबकि, नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विमानस्थलले ओगट्ने चार किल्ला स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइसकेको जनाएको छ । औपचारिक रूपमा चार किल्ला घोषणा नभएकै कारण क्यानले वातावरणीय प्रभाव मूल्यांकन ९इआइए०, तारबार, मुआब्जा वितरण र बस्ती स्थानान्तरणलगायत प्रारम्भिक चरणकै काम अगाडि बढाउन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update