दिल्लीमा तापक्रम ४५ डिग्रीको हाराहारीमा
भारतको राजधानी नयाँ दिल्ली लामो समयदेखि ‘हिट वेभ’को सामना गरिरहेको छ । साथसाथै उर्जाको माग पनि बढिरहेको छ । यो साता उर्जाको माग ८ हजार ६४७ मेगावाटसम्म पुगेको जनाइएको छ । तापक्रम सहरी इलाकामा ४४ देखि ४५ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ ।
नयाँ दिल्लीमा कुलिङका लागि एसीको प्रयोग बढेको छ र त्यसका कारण बारम्बार उर्जा विच्छेद पनि भइरहेको छ । मंगलबार उत्तरी भारतको ‘पिक पावर कन्जप्सन’लाई हेर्दा ८९ हजार मेगावाट पुगेको छ । यो मौसममा दिल्लीका विद्युत्को आपूर्तिले थुप्रै रेकर्ड ब्रेक गरेका छन् । पहिलो २२ मेमा आठ हजार मेगावाट पुगेको छ ।
सोमबार दिल्लीको एयरपोर्टमा नै विद्युत् अवरुद्ध भयो । यो केही समयसम्म कायम रह्यो र केही अपार्टमेन्टमा सर्भिसलाई नै प्रभाव परेको थियो ।
प्रकाशित मिति: बुधबार, असार ५, २०८१ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय