लघुवित्त पिडितहरुद्वारा वीरगंजमा प्रर्दशन
लघुवित्त तथा वित्तीय संस्था पिडितहरूले वीरगञ्जमा प्रदर्शन गरेका छन् । लघुवित्त तथा वित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल जिल्ला कार्य समिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा विरोध जनाएका हुन् । यो प्रदर्शन विशेषगरी लघुवित्तीय संस्थाहरूको आर्थिक गतिविधिहरू र तिनीहरूले निम्न वर्गमा पारेको प्रभावको विरोधमा गरिएको समितिले जनाएको छ ।प्रदर्शनको क्रममा सहभागीहरूले विभिन्न नाराहरू लगाएर आक्रोश व्यक्त गरेका थिए ।
गरीब किसानहरूको आर्थिक अवस्था सुधार्नका लागि उनीहरूलाई निःशूल्क ऋण उपलब्ध गराइनुपर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ । मौद्रिक नीतिहरू जनपक्षीय हुनुपर्ने र तिनीहरूले सर्वसाधारणको हितमा काम गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय