सशस्त्र प्रहरी अलौंले जबरजस्ती धान भन्सार बुझाएको आरोप
नेपाली किसानको धान सशस्त्र प्रहरी अलौंले जबरजस्ती वीरगंज भन्सार बुझाएकोमा नेकपा एमालेका नेता जयप्रकाश थारुले आपति जनाएका छन । सेढवाका किसान नागेन्द्र साह कानुले आफनै ट्याक्टरमा बोकी वीरगंज ल्याउदै गरेको बेला सशस्त्र प्रहरी अलौंले तिलावे पुलबाट जबरजस्ती नियन्त्रणमा लिई भन्सार बुझाएको हो । संबिधान सभाका सदस्य समेत रहेका थारुले नेपालीले आफनै खेतको धान बेच्न लैजादा समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझाएकोमा आपति जनाए ।
थारुले वडाको सिफारिस हुदा पनि सशस्त्र प्रहरीले जबरजस्ती धान अनलोड गरि भन्सार बुझाएकोमा खेद प्रकट गरे । उनले सिडियो र एसपिले भन्दा समेत सशस्त्र प्रहरी अलौंका डिएसपीले नमानेको आरोप लगाए ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय