Birgunj News24
अब चाडैं मधेसीको समस्या समाधान हुने इन्चार्ज यादवको दाबि

बीरगंजमा भोलि देखि शुरु हुन लागेको दुई दिने मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपालको विस्तारित बैठकको पत्रकार सम्मेलनमार्फत मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल एवम्  नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले मधेसमा भ्रष्टाचार अन्त गर्ने तयारीमा लागेको बताएका छन् ।नेकपा माओवादी केन्द्रले  शान्ति प्रक्रियामा आए पछि बाकी रहेको मुद्दाहरु छिनोफानो गर्न आवश्यकता रहेको बताए ।उनलेे भने परिवर्तन पक्षधरहरु एक ठाउँमा आउनुपर्ने जनताको भावना र चाहना अनुसार मोर्चा फेरि जिरो लेबल बाट आउन लागेको इन्चार्ज यादवले पत्रकार सम्मेलनमा बताएका हुन ।नेपालमा अहिले पनि उतपीडित  तथा उपेक्षित मधेसी समुदायको अधिकार स्थापित गर्न जरुरी रहेको बताए ।नेपालमा राजनीतिक परिवर्तन भए पनि अहिले भ्रष्टाचार मौलाएको यसको अन्त गर्न जरुरी रहेको बताएका छन् ।समानुपातिक समावेशी प्रतिनिधित्व तथा धर्मनिरपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको लागि अपरिहार्य भएकोले २० जिल्ला बाट २०० भन्दा धेरै प्रतिनिधिहरु आउने सो पत्रकार सम्मेलनमा इन्चार्ज यादवले बताएका छन् । मधेसीको समस्या समाधान गर्ने उदेश्यले मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल स्थापना गरेको र अब चाडैं मधेसीको समस्या समाधान हुने इन्चार्ज यादवले बताएका छन् । प्रेस सेन्टर नेपाल पर्साका इन्चार्ज निरज पिठाकोटेमगरको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज बिजय महतो, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, अन्यनेताहरुको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण प्रेस सेन्टर नेपाल पर्साका सचिव शिवनाथ यादवले गरेका थिए।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update