बिश्रामपुर गाउँपालिकाको वडा नं। ५ इटियाहीमा आज रु। ५० लाखको बजेटमा निर्मित बजारदेखि उत्तर जाने सडक ढलानको उद्घाटन तथा निरीक्षण सम्पन्न भएको छ। यो योजना माननीय जितेन्द्र सोनलको पहलबाट ल्याइएको हो।
उद्घाटन समारोहमा बिश्रामपुर गाउँपालिकाका प्रमुख जुबैर भुटो, वडा अध्यक्ष अमिरी गुप्ता, अमरदेव कुशवाहा, कृष्ण साह, भोला साह सोनार, अजय गुप्ता, बिजय पणित, जुमराती मिया, सुरेन्द्र गुप्ता लगायतका स्थानीय भद्रभलादमी र समाजसेवीहरुको उपस्थितिमा सम्पन्न भयो।
उक्त सडक ढलानले स्थानीय बासिन्दाहरूलाई सहज र सुरक्षित यात्रा उपलब्ध गराउने विश्वास गरिएको छ। साथै, यो परियोजना क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा उपस्थित सबै अतिथिहरूले योजनाको सफलताको शुभकामना व्यक्त गरेका थिए। सडक ढलानको उद्घाटनसँगै स्थानीय बासिन्दाहरूमा हर्ष र उत्साह छाएको छ।