वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, र मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीबीच भेटघाट कार्यक्रम सम्पन्न
वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिती सदस्यहरु र मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । संघले आयोजना गरेको भेटघाट कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार अग्रवालले हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गर्नुभयो । त्यस्तै उहाँले औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभयो । अध्यक्ष अग्रवालले वीरगंज उद्योग वाणिज्य संघ सदैव बैद्य व्यापारको प्रवद्र्धन र अवैद्य व्यापार निरुतसाहीत हुनुपर्ने संस्थागत मान्यता राख्दै आईरहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा अन्तरसरकारी निकायहरु बीच समन्यको अभावका कारण नीति क्षेत्रले समस्या बेहोर्नु परिरहेको धारणा राख्दै सशस्त्र प्रहरी र अन्य नियाकम निकाय बीच आपसी सहकार्य र समन्वय हुनु पर्नेमा जोड दिनु भयो ।
प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले आफुले कार्यभार सम्हालेको एक साता मात्र भएको बताउँदै सीमा क्षेत्रलाई व्यवस्थित र अवैद्य व्यापार नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका आफै प्रभावकारी बनाउने तर्फ आफ्नो पहल हुने बिचार राख्नु भएको थियो । उहाँले धेरैजसो बिषयहरु नीतिगत रुपमा परिमार्जन र संशोधन गर्नु पर्ने आवश्यकता रहेको भएता पनि दैनिक कार्य सम्पादनलाई नागरिक मैत्री बनाउन सशस्त्र प्रहरीले आफ्नो भुमिका खर्चिने कुरामा जोड दिनु भएको थियो । प्रहरी नायब महानिरीक्षक धौवजीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने, राजश्व अभिबृद्धिका लागि अवैद्य व्यापार नियन्त्रण गर्ने लगायतका बिषयहरु हाम्रो प्राथमिकतामा रहेको कुरा बताउँदै वीरगंज उद्योग वाणिज्य संघ संग निरन्तर सम्वाद र छलफल गरिरहने बताउनु भयो ।
संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रममा संघका उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रुँगटाल लगायत संघका पदाधिकारी तथा कार्यसमिती सदस्यहरु उपस्थिति रहेको थियो ।