Birgunj News24
पत्रकार महासंघ निर्बाचनको रस्साकस्सी शुरु , मतदाता नामावली संगै जोडघटाउमा नेताहरु लगे

वीरग्ञ्ज : नेपाल पत्रकपार महासंघले हालै सर्वाजानिक गरेको नामावलीमा नेपाल प्रेस युनियन लगायतका संघसंगठनहरुले आपत्ति जनाउँदै पुन बिधी सम्मत नामावली प्रकाशन माग गर्दै आसन्न नेपाल पत्रकार माहासंघको निर्बाचन अहिलेको नै अवस्थामा हुन नसक्ने कुरा बताए पनि केन्द्रीय निर्बाचन समितीले नामावली प्रकाशन गरेपछि यसको जोड घटाउको बारेमा चर्चा शुरु हुन थालेको छ । अहिले बिशेष गरि सत्ता साझेदार राजनीनिक दल निकट रहेको पत्रकार संघहरुको बीचमा एकता बनेर संयुत्त, रुपमा निर्बाचनमा जाने निर्णय संगै एक प्रकारको आँकडाको अनुमान भने लगाउन थालिएको छ । यसै महिनाका २२ निर्बाचनको लागि तालिका प्रकाशित भएपछि यस पेशासँग सम्बद्ध सबैको बिचमा चर्चा भने चुलिएको छ ।   महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । महासंघको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएसँगै विवाद समेत भएको छ । तर यो बिवाद आपसि सहमतिको आधारमा सम्बोधन गरिने र निर्धारित मितीमा नै चुनावको लागि सबै पक्ष तयार

हुने वातावरण निर्माण हुने कुरा माहासंघ सम्बद्ध पक्षले बताएको छ । 

पत्रकार महासंघको चुनाव :  हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)  

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update