Birgunj News24
दलित बिकास समितिका कर्मचारीहरुको तलब तत्काल निकासा गर्न सांसद हजराको मांग 

नेकपा एमालेका सांसद प्रभु हजराले आन्दोलनरत संसद सचिवायलका कर्मचारीहरुको समस्या तत्काल समाधनमा लाग्न मांग गरेका छन । 
सोमवार सांसद हजराले सदनमा शुन्य समयमा बाल्दै सो मांग गरेका हुन । 
उनले भने बिभिन्न खालका कानुन निर्माण गर्ने थल्लो रहेको संसदीय कर्मचारीहरु महिनौ देखि आन्दोलनमा रहेका छन, र बारम्बार यस बिषयमा पहिला पनि कुरा उठेको उनले जिकिर गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकमा बनाईएको समिति मार्फत छलफल गरेर कर्मचारीहरुको मांग पुरा गरी यथाशिघ्र आन्दोलन अन्य तर्फ लाग्न आग्रह गरेका हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले दलित उपेक्षीत उतप्रेरीती तथा दलित बिकास समितिका कर्मचारीहरुको तलब धेरै दिन देखि बाकी रहेको हुनाले त्यस्ता नुंघा कर्मचारीहरुको तलब तत्ककाल निकासा गर्न सभामुख मार्फत अर्थमन्त्रीसंग मांग समेत गरेका छन ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update