Birgunj News24
वीरगञ्ज नाकामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात

 चालू आर्थिक वर्ष २०८०र८१ को ११ महीनामा वीरगञ्ज नाकामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ भने निर्यात मात्र २९ अर्ब रुपैयाँमा खुम्चिएको छ। वीरगञ्जको एकीकृत जाँच चौकी आईसीपी० भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठ मसान्तसम्म ५ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ। त्यही अवधिमा निर्यात भने २९ अर्ब १६ करोड रुपैयाँ बराबर छ।

गत आव २०७९र८० को तुलनामा यस वर्ष कुल वैदेशिक व्यापारमा १४ दशमलव २७ प्रतिशतले कमी आएको भन्सारको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष सोही अवधिमा ६ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो भने यस वर्ष यो रकम ५ खर्ब ८२ अर्ब रुपैयाँमा सीमित भएको छ। तथ्यांकअनुसार आयात र निर्यात क्रमशः १४ दशमलव १५ र १६ दशमलव ५५ प्रतिशतले घटेको छ।

वैदेशिक व्यापार खुम्चिएपछि भन्सारले उठाउने राजस्वमा पनि कमी आएको छ। अघिल्लो आवको ११ महीनामा भन्सारले १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाएकोमा चालू आवमा यो रकम १ अर्ब रुपैयाँले घटेर १ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ। यो आँकडा भन्सारलाई तोकिएको राजस्व लक्ष्यको ६३ दशमलव १७ प्रतिशत मात्र हो।

यस अवस्थाले भन्सार राजस्व संकलनमा चुनौती थपिएको देखिन्छ भने आर्थिक क्रियाकलापलाई पुनर्जीवित गर्नका लागि थप प्रयास आवश्यक देखिन्छ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update