वीरगंजमा आज लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।
विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक वर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।
३७ औं अन्तराष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा बारा पर्सामा जनचेतना मुलक ¥यालीको आयोजना गरी मनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा आज वीरगञ्जमा बिभिन्न संघ संस्थाहरुले घण्टाघरबाट “लागु औषध दुरुपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं” भन्ने मुल नाराकासाथ बिभिन्न जनचेतना मुलक नारा लेखिइको प्लेकाड सहितको (याली नगरपरिक्रमा गरी घण्टाघरमा पुगी समापन गरीएको थियो ।
कार्यक्रम लाई समापन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक निता थापले नेपालमा लागुऔषध दुरुपयोग रोक्नका लागी नेपाल सरकार वा स्थानिय सरकारले मात्र पहल गरेर प्रभावकारी न हुने यसको लागी समुदाय स्तरमा नै रोक्नु पर्ने आवशक्ता देखिएको र यस कार्यमा देशका हरेक सचेत नागरीकले सहयोग गरे मात्र पुर्णरुपमा रोक्न सकने बताईन ।
कार्याक्रममाा मुख्य सहयोगीको रुपमा रहेको रिकभरीङ्ग नेपाल मधेस प्रदेशको साथै नेपाल प्रहरी, सामुदायिक प्रहरी नागरीक समाज लगायतको उपीतिथि रहेको थियो ।