Birgunj News24
वीरगंज १८मा अल्पसंख्यक समुदाय संग  बिशेष अन्र्तक्रिया कार्यक्रम सम्पन्न

जगत राई

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज वीरगंज वडा नम्बर १८ ईनर्वा टोलमा अल्पसंख्यक समुदायसँग विशेष अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर वडा नम्बर ११ पर्साको संयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा अल्पसंख्यक जातजातिको परिभाषा, उनीहरुको प्रकार, समस्याहरू, राज्यबाट प्रदान गरिने सेवा सुविधा, स्थानीयतह र नगरपालिकामा उनीहरुको सहभागिता लगायतका विषयमा छलफल गरिएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मजंग थिङले अल्पसंख्यक समुदायसँग अन्तरक्रिया गरी यथार्थ समस्याहरू बुझ्न र समाधानका उपायहरू खोज्न आग्रह गर्नुभयो । सेवा केन्द्रका आजीवन सदस्य मनिष सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका वरिष्ठ उपाध्यक्ष जयलाल साह, सामुदायिकका सह कोषाध्यक्ष राधा शर्मा ,मधु सिंह, बिपिन उपाध्याय,सामुदायिक सेवाकेन्द्रका प्रहरी हवल्दार सुभास यादव, प्रहरी सहायक हवलदार लालु माया महतो प्रहरी जवान राजु चौरासीया ,छठु राम, अच्छेलाल राम, जङ बहादुर पासवान, बिर बहादुर पासवान, विभिन्न पार्टीका जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा, समाजसेवी, प्रहरी कर्मचारी लगायत ८० जनाको सहभागिता रहेको थियो ।  उक्त कार्यक्रमको सहजीकरण सामुदायिक सेवाकेन्द्र मुर्ली का सचीव दिलिप प्रधानले  गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update