Birgunj News24
वीरगंज कारागारमा अवैध चौकिदार सर्राफको रजगज, मनोरञ्जनको नाममा जेलर र नाईकेले आर्थिक आतंक मच्चाए

वीरगंज कारागारमा चौकिदारको नाममा अर्कै व्यक्तिले रजगज गरेको खुलेको छ । कारागार भित्र चौकिदारको जिम्मेवारी नवलकिसोर पटेल ले पाएपनि उनको सारा काम दिनेश सर्राफले गर्ने गरेका छन । सर्राफले भित्रि रुपमा सेटिङ्ग मिलाएर चौकिदारको भुमिकामा  खट्ने गरेका छन । सर्राफले मोबाईल बोक्ने देखि लिएर आर्थिक कारोवार सम्मको काम गर्ने गरेका छन । यति मात्र होईन उनी दिनहू वीरगंज १८ भेडियाही घरमा पनि पुग्ने गरेका छन । लागुऔषध मुद्दामा ८ बर्ष कैदा भुक्तान गरिसकेका सर्राफले अझैपनि कारागार भित्रै बसेर रजगज गरिरहेको नाम न छाप्ने शर्तमा एक कर्मचारीले जानकारी दिए ।
लागुऔषध मुद्दामा सजाय भुक्तान गरिसकेका सर्राफले जरिवाना वापत कारागारमा थुनुवा बसेका छन । थुनुवालाई चौकिदार बस्ने नियम नभएपनि उनी आर्थिक सेटिङ्ग मिलाएर चौकीदार बस्ने गरेका छन ।
उनी दुई बर्ष आउटडोर र दुई बर्ष अबैध तरिकाले चौकिदारको भुमिकामा काम गर्दै आएका छन ।  
यसैगरी जेलर  चौकिदार र नाइकेको मिलेमतोमा कारागार भित्र पर्व मनाउने र मनोरञ्जनको नाममा आर्थिक ब्रम्हलुट गरिएको खुलेको छ । नाईके बिकी अग्रवालको सक्रियतामा पर्व मनाउन तथा मनोरञ्जनको नाममा कैदिलाई आर्थिक शोषण गरिएको खुलेको  छ ।  तिहारमा लौण्डा नाचको लागि  प्रति कैदि एक हजारको दरले रकम उठाएर व्यापक भ्रष्टाचार गरिएको श्रोतको दावि छ । चौध सय कैदिबन्दिबाट करिब १४ लाख संकल्न गरि व्यापक भ्रष्टाचार गरिएको आरोप छ । कारागार भित्र कैदिहरुलाई आर्थिक शोषण गरि जेलर,चौकिदार र नाईकेले आर्थिक आतंक मच्चाएको श्रोतको दावी छ ।
कारागार भित्र संचालित पसल र मेसमा पनि व्यापक आर्थिक चलखेल हुने गरेको छ । बजार भन्दा निकै महँगोमा समान खरिद बिक्रि संगै मेसमा तल्लो स्तरको खाना खुवाउने गरिएको श्रोतको दावि छ । 
 यसबारे दिनेश सर्राफ संग बुझदा आफु सहायक चौकिदारको भुमिकामा रहेर काम गरिरहेको बताए । सर्राफले आफुमाथि लागेको  आरोपको खण्डन समेत गरेका थिए । 
यता  यसबारे जेलर संग  ९८५५०१०७७७ मा सम्पर्क गर्न खोज्दा उनको मोबाईल उठेन ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update