Birgunj News24
राजीनामा नदिई  फर्किए रास्वपाका मन्त्री

प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update