Birgunj News24
रथयात्रालाई मध्यनजर गर्दै असार २३ र २४ गते माछामासु बिक्रीमा रोक

वीरगञ्ज महानगरपालिकाले असार २३ र २४ गते वीरगञ्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु निषेध गरेको छ । माईस्थान मन्दिरको १२ औं बार्षिकोत्सवको अवसरमा हुन लागेको गहवामाई रथयात्राको दिन असार २३ र २४ गते मदिरा तथा माछामासु विक्री वितरण बन्द गर्न रोक लगाएको हो ।
साथै पशुपंक्षी काटमार गर्न र बिक्री वितरण गर्न समेत महानगरपालिकाले सार्वजनिक सूचना मार्फत रोक लगाएको छ । असार २३ गते गहवामाई मन्दिरको रथयात्रा निकालिने तयारी गरिएको छ ।

रथयात्रामा सहभागी हुन महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सबैलाई आह्वान गर्नुभएको छ । असार २३ गते महानगर क्षेत्रभित्र पर्ने सबै शैक्षिक संस्था पनि बन्द गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update