दोस्रो रथ यात्राको शुभ अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, साहेब दरबार वीरगञ्ज, र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति भरतपुर चितवनको संयुक्त सहयोगमा वृक्षारोपन गरिएको हो ।
ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख आतिथ्यमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सुरक्षा निकायका पदाधिकारी, समाजसेवी, नागरिक समाजका सदस्य, संचारकर्मी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी तथा विद्यार्थीहरु गरी सय जनाको उपस्थिति रहेको थियो।
यस वृक्षारोपण कार्यक्रममा बिभिन्न जातजातिका ९ सय विरुवाहरु रोपिएका थिए। कार्यक्रममा सहभागीहरुले वृक्षारोपण मार्फत पर्यावरण संरक्षण र हरियाली बढाउने अभियानमा सहयोग पुर्याएका छन्।
कार्यक्रमले स्थानीय समुदायमा पर्यावरणीय सचेतना फैलाउने तथा हरियाली संरक्षणको महत्व बुझाउने उद्देश्य राखेको थियो। कार्यक्रमको सफलताका लागि सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्दै नगरप्रमुख सिंहले यस्ता कार्यक्रमले सामुदायिक भावना अभिवृद्धि गर्ने र पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे