Birgunj News24
बलिरामपुर — मुसहर्वाबाट अबैध कारोबार फस्टायो दैनिक लाखौं राजस्व चुहावट, चौकीले मात्र बुझ्छमासिक १० लाख

बीरगंज २२ असार

अहिले बाराको सिमावर्ती नाकाबाट इतिहाँसमै नभएको जस्तो अबैक कारोबार फस्टाएको समाचार प्रकाशमा आएको छ । बाराको बिभिन्न नाकामा तैनाथ प्रहरीकै मिलोमतोमा ठूलो परिमाणमा तश्करी शुरु भएको हो । बिशेष गरि बाराको मुसहर्वा र बलिरामपुरबाट दैनिक रुपमा लाखौंको राजस्व ब्रम्हलुट हुने गरि प्रहरीकै संलग्नतामा तश्करीको लाइन खुला गरिएको समाचार प्रकाशमा आएको छ । बाराको अन्य नाकाहरुबाट समेत कहिल्यै कल्पना नै नगरिएको तश्करीको लाइन खुला भएको कुरा नाम नछाप्ने शर्तमा एकजना कारोबार नै बताउन थालेका छन । 
                 बाराको बलिरामपुरको लच्का हुँदै भुटनदेबि निस्कने सडकसम्म अहिले रातीको समयमा दर्जनौंको संख्यामा साइकल भरिया मार्फत लत्ता कपडा, मोटरपार्टस, हार्डवयर्स, सिद्रा ,माछा, किराना आइटम, तरकारी, रजनीगन्धा तुलसी, सुर्ति, गुटखा, पाडा भैंसी, गिटि बालुवा लगायतको समाग्री तश्करी हुने गरेको छ । साइकिल र गिटि बालुबा लगायतका समाग्री टयाक्टर एवं अन्य ढुवानीको साधान मार्फत तश्करी हुने गरेको समाचार प्राप्त हुन आएको छ । 
         अझ बलिरामपुरमा खटिएका प्रहरी प्रमुख रबिन्द्र साह तुराहाले त तश्करीमा आफ्नो समेत आधा आधा हिस्सेदारीमा लाइन दिएको चर्चा अबैध कारोबार गर्नेहरुको बृतमा निकै चर्चामा रहेको छ । तुराहाले मासिक रुपमा एकपटक मात्र लाइन दिए बापत रकम लिनुपर्ने भएपनि आफुहरुसँग १० - १० दिनमा रकम लिने गरेको कुरा साइकल मार्फत सामान ढुवानी गर्ने कारोबारे रामआधार रामले बताए । 
                  त्यस भेगमा मासिक रुपमा अनुबन्धीत नभएका तश्करहरुलाई भने अनेक खालको यातना दिने गरेको र रकम लिएकारुलाई भने आफैं बसेर स्कर्टिङ्ग गरेर समान पास गराउने गरेको बताइन्छ । सइ रबिन्द्र साहले बारा र पर्साका प्रहरी प्रमुख, यस क्षेत्रका डिआइ जी, र गृह प्रशासनको माथिल्लो निकायमा समेत मासिक रकम बुझाउनुपर्छ भन्दै अबैध असुली धन्दालाई निरन्तरता दिएको बताइन्छ ।
 उनले आफ्नो विश्वासात्र घुमुवा शैलेश त्रिपाठी मार्फत रकम असुली रहेको बताइन्छ भने पर्साका सबै तश्करहरुलाई बाराको बलिरामपुर र मुसहर्वा नाकाबाट तश्करी गर्न निम्ता बाँडेको समाचार प्राप्त हुन आएको छ । उनले त्यस नाकाबाट मासिक रुपमा १० देखि १५ लाखसम्म असुल्ने गरेको बताइन्छ । यस बारेमा रबिन्द्र साहसँग सम्पर्क राख्दा यी सबै कुरा अस्वीकार गर्दै आफुले कसैलाई पनि लाइन नदिएको र अबैध कारोबार चलेको होइन रोकेर यस्ता कारोबारीहरुले आफुलाई अनेक खालको आरोप लगाएको हुन यसमा कुनै सत्यता नभएको जनाए । सभार :- चोइस खबर 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update