Birgunj News24
१ वर्षमा ७ सय ९४ कर्मचारीले छाडे जागिर

सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् ।
चालु आर्थिक वर्ष २०८०–८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी ९कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत छन् । 

किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । 

निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update